आफ्ना १६ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले १३ औं संस्करणको मिस नेवाः ११३८ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीहरुको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिताको निर्णायक चरणमा सोधिएको ‘नेपालमा विपत् व्यवस्थापन कसरी गर्न सकिन्छ ?’ भन्ने प्रश्नको सटिक जवाफ दिएर रिजुले उपाधिमाथि कब्जा जमाएकी हुन् । प्रश्नको जवाफ दिने क्रममा रिजुले ‘विपत् व्यवस्थापनका लागि हरेक व्यक्तिमा जागरुकता अर्थात सचेतना हुनु पर्छ’ भन्ने आशयको जवाफ दिएकी थिइन् ।
सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा खचाखच गरिएको प्रेक्ष्ाँलयमा सम्पन्न मिस नेवाः को ग्राण्ड फिनालेमा उपाधि जितेसंगै रिजुले चम्किलो ताज, २० हजार रुपैया“ नगदका साथमा विभिन्न उपहारहरु प्राप्त गरिन् । रिजुले पब्लिक च्वाइस एवार्ड समेत जितिन् ।

रिजुले जितिन् मिस नेवाः ११३८ को उपाधि

प्रतियोगितामा डा.सरिसा श्रेष्ठले फस्र्ट रनर्स अपको उपाधि जितिन् । भरखरै एमबिबिएसको अध्ययन पुरा गरेकी डा.सरिसाले उपाधिसंगै नगद १५ हजार रुपैया“का साथमा विभिन्न उपहारहरु प्रँप्त गरिन् । जातीयता सम्बन्धि यो पहिलो नेपाली सांस्कृतिक सौन्दर्य प्रतियोगितामा मतिना मानन्धरले सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भइन् । मतिनाले उपाधिसंगै नगद  १० हजार रुपैया“ पनि पाइन् । मतिनाले मिस पर्सनालिटीको उपाधि समेत जितिन् । परिचयात्मक चरणबाट प्रारम्भ भएको उक्त प्रतियोगितामा सृष्टि शाक्यले पा“च हजार रुपैया“ राशीको मिस ट्यालेन्टको उपाधि जितिन् ।

रिजुले जितिन् मिस नेवाः ११३८ को उपाधि

बेस्ट डे«सको उपाधिका लागि प्रतिस्पर्धिहरुले आकर्षक पहिरनसहित क्याटवाक प्रस्तुत गरेका थिए । उक्त सिक्वेन्समा सबैभन्दा आकर्षक पहिरन लगाउने अञ्जु श्रेष्ठले बेस्ट डे«सको उपाधि जितिन् । यसबाहेक अञ्जुले बेस्ट हेयरको उपाधि पनि जितिन् । अन्य उपाधितर्फ सरिना महर्जनले उत्कृष्ट नेपाल भाषा, सन्ध्या श्रेष्ठले बेस्ट स्किन, मिलु श्रेष्ठले मिस डिसिप्लिनको उपाधि हासिल गरे । अन्य उपाधितर्फ बिना महर्जनले बेस्ट स्माइल, प्रदीका श्रेष्ठले मिस फ्रेण्डशिप, उस्मी श्रेष्ठले मिस फोटोजेनिक तथा राधा श्रेष्ठले बेस्टवाकको उपाधि जितिन् ।
यसबाहेक पस्मिना शाक्यले सोसल वेलफेयर एम्बेसडर चिफको उपाधि जितिन् भने  सरिसा श्रेष्ठ तथा प्रज्ञा श्रेष्ठलृ सोसल वेलफेयर एम्बेसडरतर्फको फस्ट रनर्स अप तथा सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भए । 
नेवार समुदायको युवतीहरुलाई नेवारी संस्कृति बारे जागरुक गराउ“दै उनीहरुको प्रतिभा प्रस्तुतिका लागि १३ वर्ष देखि यो प्रतियोगिता गर्दै आएको नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताईन् ।
प्रतियोगिताको निर्णायकमा प्राईम बैंकका उपप्रमुख भाइराजा तुलाधर, व्यबसायी प्रदीपमान प्रधान, बुटिक एसोसिएसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, निर्मल श्रेष्ठ, नेपाल टेलिकमकी उपनिर्देशक रिना डंगोल, पूर्व मिस नेवा योगिता महर्जन लगायत थिए । कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन् ।