चलचित्र बेबी आइ लभ युको नयाँ गीत सार्वजनिक भएको छ । यही जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । कहानी तेरो र मेरो बोलको गीतमा नायक सन्तोष खड्गी र सुज्यम नेपालीको स्वर छ । शब्द तथा सङ्गीत पनि सन्तोषकै हो ।

सरोज अधिकारीको कोरियोग्राफी रहेको भिडियोमा सन्तोष र नायिका पूजा तिवारी फिचरिंग छन् । सुरज आचार्यको सिनेम्याटोग्राफी छ । सन्तोषको कथा रहेको बेबी आइ लभ यु लाई जनक पाण्डेले निर्देशन गरेका हुन् । शिव न्यौपानेले निर्माण गरेको चलचित्रमा सन्तोष र पूजासँगै सरोज खनाल अनि निर्मल शर्माको अभिनय छ ।