रियल जोडीको कथामा बनेको चलचित्र ‘बोबी’को रोमान्टिक गीत रिलिज भएको छ । मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको हो । सार्वजनिक ‘आँखाको नानी’ बोलको उक्त गीतमा रियल जोडी उमेश थापा र कविता गुरुङ फिचर छन् । गीतमा वसन्त सापकोटाको शब्दरसंगीत, राजेशपायल राई र दीपा लामाको स्वर रहेको छ । गीतमा नर्वेका रमणीय दृश्यमा प्रस्तुत गरिएको छ । 

चलचित्र बोबी उमेश र कविताको रियल कथा हो । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा उमेश र कविताको प्रेमजिवन र त्यसको उचारचढावलाई प्रस्तुत गरिएको छ । यो चलचित्रमा उमेश र कविताको साथमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘बोबी’ आउँदो असार २९ गतेबाट प्रदर्शनमा आउँदै छ ।