गत शुक्रवारबाट रिलिज भएको चलचित्र सुनकेशरीले एक करोडको केक काटेको छ । अभिनेत्री ऋचा शर्माको निर्माण र अभिनय रहेको चलचित्रले मङ्गलवार एक करोड माथिको कलेक्सन गरेकोमा केक काट्दै सेलिब्रेसन गरेको थियो । कुमारी सिनेमा घरमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले केक काटेको हो। चलचित्रले पाँच दिन सम्म १ करोड ४ लाख माथिको कमाई गरेको निर्माण टिमले बताएको छ।
मल्टिप्लेक्स पहिलो दिनबाट नै राम्रो कमाई गरेको चलचित्रले सिंगल थिएटरमा राम्रो गरेको छैन । पहिलो प्रयास भन्दै ऋचाले ‘सुनकेसरि २’ मा गल्ती आत्मासाथ गर्दै राम्रो चलचित्र बनाउने बाचा गरेकी छिन्। चलचित्रको सिक्वेल २०२० मा रिलिज हुने उनले बताएकी छिन्। चलचित्रमा ऋचाको साथमा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरूको अभिनय छ ।