आज शुक्रवार नेपाली हलहरुमा तीन चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् l चलचित्र अमेरिका बोइज, बेबी आइ लब यु र हरि रहेको छ ।

चलचित्र अमेरिका बोइजलाई विवेक पाण्डेले निर्देशन गरेका हुन् । कमेडी जनरामा आधारित यस चलचित्रमा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष् प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया लगायतको अभिनय रहेको छ ।

cinepati

त्यस्तै लभ स्टोरी बोल्ने चलचित्र बेबी आइ लब यु पनि आजबाट प्रदर्शनमा आएको छ । चलचित्रमा सन्तोष खड्गी, पूजा तिवारी, रेसम बुढाथोकी, राजु भुजेल(कमेडी), निर्मल शर्मा, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन् ।

cinepati

यता जेष्ठ ४ मा प्रदर्शनको तयारी गरेको चलचित्र हरि पनि आजबाट प्रदर्शनमा आएको छ । सोलो कथावस्तु रहेको यस चलचित्रमा विपिन, निता ठाकुर, कमलमणी नेपाल, थिन्ले ल्होमो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, रामभजन कामत, सुनिशा बजगाँइ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई सफल केसी र प्रतीक गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

cinepati