चलचित्र ‘पण्डित बाजेको लौरी’को नयाँ गीत सार्वजनिक भएको छ । साउन ४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रको ‘चोली तुना’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा चलचित्रका कलाकार सन्ध्या केसी, प्रमोद अग्रहरी, विजय बराल, प्रवीण खतिवडा, भोला सापकोटा लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ l किरण केसीको शब्द रहेको गीतमा श्रीक्रीस्न बम मल्लको सङ्गीत रहेको छ । गीतमा मिना निरौला र श्रीकृष्ण बम मल्लले स्वर दिएका छन् ।
दीपक ओली निर्दे्शित चलचित्रमा प्रमोद अग्रहरी, सन्ध्या केसी, प्रवीण खतिवडा, अर्जेश रेग्मी, भोला सापकोटा, विजय बराल, मरिष्का पोख्रेल, लोकेन्द्र विक, विशाल पहारी, कुलदिप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई थमनकुमार भण्डारी र किशोर खड्काले निर्माण गरेका हुन् ।