नायक प्रदिप खड्काको मुख्य भूमिका रहने गरी हिजो एक कार्यक्रमका बीच चलचित्र 'लभ स्टेशन्' को औपचारिक घोषणा गरियो । प्रदिपको यस अघी रिलिज भएको चलचित्र 'लिली बिलि'को ५१ दिनको सफलताको छेको परेर उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

काफिया फिल्मस्को प्रस्तुतीमा बन्न लागेको चलचित्रको अहिलेसम्म नायक र निर्देशकमा उज्वल घिमिरे मात्र फाइनल गरिएको र दुई नायिकाको खोजी भईरहेको निर्माता गोबिन्द शाहीले बताए । हुन त चलचित्रका लागी नायिका जसिता गुरुङ र सम्रागी राज्य लक्ष्मी शाहको नाम पनि चर्चामा थियो ।

प्रेम कथा बोल्ने चलचित्रको छायांकन नेपाल र अमेरिकामा गरिनेछ । २०७५ फागुन २४ गतेलाई चलचित्रको प्रर्दशन मिती तोकिएको छ । 'लभ स्टेशन'मा गोबिन्द शाहि, उज्वल घिमिरे र कृशु शाही निर्माताको रुपमा रहेका छन् ।