श्रावण ११ गतेलाई प्रदर्शन मिति तोकेर प्रचारप्रसारमा होमिएको चलचित्र 'चि मुसी चि'को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । फस्ट लुक पोस्टरमा सुनिल क्षेत्री, अलिशा शर्मा र सुशान्त कार्की अटाएका छन् । म्युजिकल थ्रिलर जनरामा बनेको 'चि मुसी चि' को फस्ट लुक पोस्टरले पनि यि कलाकार बिचको त्रिकोणात्मक प्रेम कथा झलकाएको छ ।

chi musi chi

यस अघि चलचित्रको ’तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिसकिएको छ । सुरज अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर सुन्न सकिन्छ ।

दिनेश श्रेष्ठ निर्देशित चलचित्रमा सुनिल क्षेत्री, अलिशा शर्मा, सुशान्त कार्की, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरूको अभिनय रहेको छ । वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् ।