निर्देशक मिनल चाम्सले नायक अनमोल केसीलाई लिएर बनाउन लागेको चलचित्रको नाम जुराइएको छ । चलचित्रको नाम ‘ब्याचलर बन्टी’ जुराइएको छ । केही दिन अघि अनमोल मिलनको अनटाइटल चलचित्रमा अनुबन्धित भएका थिए । चलचित्रमा मुख्य नायिका भने तय भइसकेको छैन । ‘ब्याचलर बन्टी’को सम्पूर्ण छायाङ्कन युरोपमा हुने छ । चलचित्रमा कथा लिलीबिलीका लेखक प्रदीप भारद्धाजको रहने छ । चाम्स इन्टरटेनमेन्ट र सुदिप खड्का प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्रको सम्पूर्ण छायाङ्कन युरोपमा हुने छ ।
हाल अनमोल चलचित्र क्याप्टेनको छायाङ्कनमा व्यस्त छन् । क्याप्टेनको छायाङ्कन पश्चात् उनी अभिनेत्री झरना थापा निर्देशित ए मेरो हजुर ३ को छायाङ्कनमा व्यस्त हुनेछन् । त्यसपछि ब्याचलर बन्टीको छायाङ्कन सुरु हुने बताइएको छ ।