पछिल्लो समयमा स्टार कहलिएका नायक भित्र पर्छन् पल शाह  । गतबर्ष पल अभिनित तीन चलचित्र म यस्तो गीत गाउँछु, जोनी जेन्टलम्यान र शत्रु गते प्रदर्शनमा आए । प्रदर्शनमा आएको चलचित्रमा जोनी जेन्टलम्यान बाहेकका दुई चलचित्रले सिनेमाहलमा धमाका मच्चायो । अझ शत्रु गतेले सफलताको साथमा ५१ दिन समेत मनाइसकेको छ ।

चलचित्र सफल भएपछि पलको व्यस्तता ह्वात्तै बढ्न सक्ने धेरैले अनुमान गरेका थिए । तर नयाँ सालको दुई महिना बितिसक्दा पनि पल नयाँ चलचित्रमा अनुबन्धित भएको खबर बाहिरिएको छैन । चलचित्र शत्रुगते प्रदर्शनको समयमा पलले केही समय आफू चलचित्रबाट ब्रेक लिने बताएका थिए । तर पलका समकालीन नायकहरू अनमोल केसी र प्रदीप खड्का एकपछि अर्को चलचित्रमा अनुबन्धित भइरहेका छन् भने पल पछिल्लो समय म्युजिक भिडियोमा नै रमाइरहेका छन् ।