असार २९ गते सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ’यो पागल मन’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कल्याण अधिकारी निर्दे्शित चलचित्रलाई बिरेन्द्र कुमार यादव र कल्याणले मिलेर निर्माण गरेका हुन् ।
लब स्टोरी जनरामा बनेको चलचित्रमा विनोद न्यौपाने,रिचा सिंह ठकुरी,गौरी मल्ल,राजेश ढुंगाना,मनिष भण्डारी,विशाल श्रेष्ठ,एनी कुँवर लगायतको अभिनय रहेको छ । अर्जुन पोखरेलको सङ्गीत रहेको चलचित्र लाई शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमको सम्पादन रहेको चलचित्रमा भोमन कटुवालको मुख्य सहायक निर्देशन रहेको छ । कमल राईको कोरियोग्राफी रहेको चलचित्रमा द्वन्द निर्देशन राजु किराँतको रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ ।