आउँदो असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र वीराङ्गनाको तीन पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक ती पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू शिल्पा पोखरेल, अनुप विक्रम शाही र पृथ्वी राज प्रसाई फिचर छन् । पोस्टरमा चलचित्रका कलाकारसँगै बाँदर र घोडालाई पनि देखाइएको छ । उक्त पोस्टरमा बाँदरको हातमा पेस्तोल राखिएको छ । जसले दर्शकमा अझ उत्सुकता थपिदिएको छ ।
एक्शन जनराको नारी प्रधान चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा, अनुप र पृथ्वी सँगै धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । चलचित्रमा दीपक शर्माको सङ्गीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ
चलचित्रमा हरिबोल लामाको छायाङ्कन र तारा थापाको सम्पादन रहेको छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता रहेको चलचित्रमा सुमि चाम्लिङ राई सह निर्माता हुन् ।