कुनै समयकी एक सफल अभिनेत्री हुन् - बिपना थापा । करिब एक दशक बढी भयो बिपना सिनेनगरीबाट गुमनाम छिन् । उनी एक भारतीय नागरिकसँग विवाह बन्धनमा बाँधिएर भारत पलायन भएकी थिइन् ।भारतको मथुरामा बस्दै आइरहेकी बिपना हाल नेपालमा छिन् । उनी आफ्नो छोराको साथमा बिदाको दिन मनाउन नेपाल आएकी हुन् । ' भारतमा गर्मी छ ।गर्मी समयमा प्राय नेपालमा हुन्छु । बिपना भन्छिन् । भारतमा रहे पनि आफूलाई चलचित्र क्षेत्रको सधैँ सम्झना आइरहने बिपना बताउँछिन् । ' कलाकारिता मेरो रगतमा छ । म कहिले पनि बिर्सिन्न सक्दिन । अफर आएको खण्डमा चलचित्र गर्न तयार छु ।' उनी बताउँछिन् । अभिनेत्री बिपना थापासँग गरिएको पूरा कुराकानी :