प्रेमगीत, प्रेमगीत २ जस्तो हिट चलचित्र निर्माण गरिसकेका निर्माता सन्तोष सेनले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । केही समय अघि उनले नयाँ चलचित्रमा आफ्नो छोराको मुख्य भूमिका रहने बताएका थिए । सन्तोष सेनको छोरा अयुव सेनको मुख्य भूमिका रहने चलचित्रको नाम ’मेरी मामु’ जुराइएको छ । यो आशुसेन फिल्म्सको चौथो चलचित्र हो । चलचित्रमा आमा र छोरा बिचको कथालाई उठाइने छ । हाल सेनका छोरा अयुव अभिनय सिकिरहेका छन् । ६ वर्षीय अयुव ३ कक्षमा पढ्छन् । निर्माण पक्षको अनुसार चाँडै नै पत्रकार सम्मेलन गरी चलचित्रको औपचारिक घोषणा गरिने जानकारी दिएका छन् ।