आज शुक्रवार सिनेमा घरमा दुई नेपाली र एक बलिउड चलचित्र प्रदर्शनमा आएका छन् । नेपालीतर्फबाट कलाकार बुद्धि तामाङ्गको मुख्य भूमिका रहेको दुई चलचित्र ‘चङ्गा’ र ‘मट्टीमाला’ रहेका छन् । चलचित्र ‘चङ्गा’ लाई किशोर भण्डारी 'डिठ्ठा साब ' ले निर्देशन गरेका हुन् । हास्य टेलिसिरियलमा  डिठ्ठा साब पात्रबाट परिचित किशोर भण्डारीको यो पहिलो निर्देशकिय चलचित्र हो । ‘चङ्गा’ मा बुद्धिको साथमा कति खड्का, लक्ष्मी बर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरूको अभिनय छ । पारिवारिक र सामाजिक कथा बोल्ने बताइएको चलचित्र हास्य जनरामा निर्माण भएको छ । रेश्मा तिमल्सिना कार्यकारी निर्माताको रूपमा रहेको चलचित्रमा प्रकु पाण्डे कार्यकारी निर्माताको रूपमा रहका छन् ।

त्यस्तै टेक पौरखीले निर्देशन गरेको ‘मट्टीमाला’ मा बुद्धिको साथमा रजनी गुरुङ (मङ्गली), चिरन राई, पृथ्वी राईलगायतका कलाकारहरूको अभिनय छ ।  सानो पर्दामा निकै रुचाइएको हैट र मंगलीको जोडी ठुलो पर्दामा पनि सफल हुनेमा निर्माण टिम आशावादी रहेको छ ।
यता बलिउड तर्फबाट भने आजबाट सुपरस्टार रजनिकान्त अभिनित चलचित्र काला प्रदर्शनमा आएको छ । एक्सन जनराको चलचित्र कालालाई रंजितले निर्देशन गरेका हुन् भने अभिनेता धनुषले निर्माण गरेका हुन् । चलचित्रमा रजनिकान्तको साथमा हुमा कुरेसी र नाना पाटेकरको अभिनय रहेको छ ।