चलचित्र 'सय कडा दश'को छायाङ्कन सकिएको छ । चर्चित हास्य कलाकार मनोज गजुरेलको मुख्य भूमिका रहेको चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको निर्माण पक्षले घोषणा गरेको छ । छायाङ्कन सकिएसँगै चलचित्र युनिटले नायक अमृत ढुंगाना र डेब्यु गर्ल करुणा श्रेष्ठ फिचर्ड रहेको पहिलो लुक सार्वजनिक गरेको छ । 

सकियो सय कडा दशको सुटिङ्ग, पहिलो लुक सार्वजनिक 

चलचित्रको छायाङ्कन काठमाडौँ, पोखरा, सिन्धुली र पाँचथरमा गरिएको थियो । चलचित्रमा भ्रष्टाचारविरुद्ध सदाचार समाज निर्माणका लागि पात्रले गर्ने सङ्घर्ष यसको केन्द्रीय द्धन्द्ध हो । प्रेमगीत २ निर्देशक रामशरण पाठकको निर्देशनमा बनेको चलचित्रमा मनोज, अमृत र करुणाको साथमा 
राजाराम पौडेल, रवि डंगोल, रश्मि भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौलाको अभिनय रहेको छ । चलचित्र मङ्सिरमा रिलिज गरिने निर्माण पक्षको तयारी रहेको छ।  यसमा रामेश्वर कार्कीको छायाङ्कन, बनिश शाहको सम्पादन, दिलीप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको सङ्गीत छ । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् ।