एक समयका चर्चित अभिनेत्रीहरूमा करिष्मा मानन्धर, बिपना थापा र रेखा थापाको नाम अगाडी आउँछ । सिने नगरीमा करिष्मा र रेखा अझै सक्रियरुपमा लागिरहेका छन् भने अभिनेत्री बिपना थापा केही बर्षयता भारतमा आफ्नो परिवारसँग रमाइरहेकी छिन् ।
हाल बिपना आफ्नो छोराको साथमा नेपालमा छिन् । उनको यसपटकको नेपाल बसाई केही फरक बनिरहेको छ । उनी मिडियाहरूमा अन्तरवार्ता दिने देखी आयोजना भएका कार्यक्रमहरूमा पनि उपस्थित हुने गरेकी छिन् । शनिवार काठमाडौँमा आयोजित कलाकार अनुपम श्रेष्ठको जन्मदिनमा अभिनेत्री बिपना थापा पुगेकी थिइन् ।
सोही कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धर र रेखा थापापनि उपस्थित थिए । कार्यक्रममा यी तीन अभिनेत्रीको जम्काभेटले माहौल केही गर्माएको थियो । तीन जनाले एकअर्काको खुबै प्रशंसा गरेका थिए भने चलचित्र मितिनीको गीत गाएर रमाइलो गरेका थिए ।