पछिल्लो केही दिन यता धमाधम छायाङ्कन भइरहेको चलचित्र ‘छक्का पन्जा ३’मा नायिका स्वस्तिमा खड्काको प्रवेश भएको छ । केही दिन अघि राजधानीमा आयोजित शुभमुर्हत कार्यक्रममा निर्देशन दिपाश्री निरौला चलचित्रमा स्वस्तिमा नरहने बताएकी थिइन् ।

तर हाल उनले सामाजिक सञ्जाल फेसबुकमा स्वस्तिमा सहित चलचित्रका अन्य कलाकारको फोटो सेयर गरेकी थिइन् । चलचित्रको छायाङ्कनको लागी केही समय अघि स्वस्तिमा पोखरा पुगेकी थिइन् । चलचित्रमा स्वस्तिमासँगै सञ्जोक कोइराला पनि अनुबन्धित भइसकेका छन् । उनी अर्का नायक पुष्प खड्काको ठाउँमा रिप्लेस भएका हुन् । चलचित्र छक्का पन्जा ३ ले दसैँको फुलपातीमा आफ्नो प्रदर्शन मिति तय गरेको छ । सोही मितिमा स्वस्तिमा खड्का अभिनित जय भोले पनि प्रदर्शन हुदैँछ । दिपाश्री निरौलाको निर्देशनमा छायाङ्कन भइरहेको चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, दीपिका प्रसाई, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।