चलचित्र रोमियो एण्ड मुनाको नयाँ गीत सार्वजनिक भएको छ । भेडेटार घुमौला बोलको गीत बिहीबार युट्युब मार्फत सार्वजनिक गरिएको थियो । सार्वजनिक गीतमा कोसिस क्षेत्रीको सङ्गीत रहेको गीतमा विनय र मिना निरौलाको स्वर छ । शब्द दिनेश राउतले लेखेका हुन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्धय विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् ।
यसअघि रोमियो एण्ड मुनाका तीन गीत सार्वजनिक भैसकेका छन् । अझै चलचित्रमा समावेश एउटा गीत सार्वजनिक गर्न बाँकी रहेको निर्माता प्रसन्न गोपाली बताउँछन् । नरेश कुमार केसी निर्देशित चलचित्र रोमियो एण्ड मुनामा विनय र सृष्टिको अलावा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको अभिनय रहेको छ । साउन ११ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको असारको पहिलो साता प्रोमो सार्वजनिक हुनेछ ।
चलचित्रलाई प्रसन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले निर्माण गरेका हुन् ।