भारतको चर्चित डान्स रियालिटी सोहरूबाट चर्चामा आएका सुसान्त खत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शिव परियारको अवाजमा रहेको ‘मंगली’ बोलको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा प्रलाद शाहको शब्द रहेको छ भने एरेन्ज शङ्कर थापा स्माइलले गरेका हुन् । सार्वजनिक गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । भिडियोमा सुसान्तको साथमा नायिका आँचल शर्माको अभिनय रहेको छ । भिडियोलाई राजिभ समर र सुसान्त स्वयमले कोरियोग्राफी गरेका हुन् ।