चलचित्र पर्वमा 'काले दाइ' बोलको गीतमा आइटम डान्स गरेपश्चात् नायिका माला लिम्बुको चर्चा चुलियो । उनले यसअघि केही चलचित्रमा काम गरिसकेकी थिइन् । पर्वमा मालाको छोटो भूमिका भएता पनि दमदार भूमिका रहेको छ ।

चलचित्र रातो घरमा समावेश भएको झक्कास झापालीमा पनि मालाको आइडम डान्स रहेको छ । अभिनयभन्दा बढी सुन्दर मुहार र मिलेको जिउडालको कारण मालाको अझ बढी चर्चा हुने गर्छ । चर्चासँगै नेपाली बोल्न नजान्नु कारण बेला बखत माला विवादमा परिरहन्छिन् । जुन उनी स्वयम् स्वीकार गर्छिन् । बिहीबार राजधानीमा आयोजना भएको चलचित्र पुरानो बुलेटको घोषणा कार्यक्रममा माला पुगेकी थिइन् । चलचित्रमा उनको मुख्य भूमिका रहेको छ । कार्यक्रममा बोल्न मालालाई जब माइक दिइयो, उनी अक्क न बक्क भइन् । आफूलाई मनमा लागेको कुरा बोल्न खोजिन् तर उनको मुखबाट शब्द निस्किन गाह्रो भइरहेको थियो । अनि भनिन्  'मलाई नेपाली बोल्न समस्या छ । प्लिज डन्ट माइड है' ।