अभिनेता विनय श्रेष्ठ र अभिनेत्री श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिउको हो । ट्रेलरमा विनय बिन्दास युवकको रूपमा प्रस्तुत भएका छन् भने सृष्टि सोझी गाउँकी केटीको रूपमा देखिएकी छिन् । चलचित्रको ट्रेलरमा चर्चित लभ स्टोरी रोमियो एण्ड जुलियटको केही भागलाई पनि प्रस्तुत गरिएको छ । यसै ट्रेलरमा रोमियोले आफ्नो मुना पाउनको लागी कान काटेको देखाइएको छ । चलचित्र ‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । निर्देशक केसीको यो दोस्रो चलचित्र हो । उनले यसअघि ‘डाइङ क्यान्डल’ निर्देशन गरेका थिए ।
चलचित्र रोमियो एण्ड मुनामा विनय र सृष्टिको अलावा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रमा प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यको संयुक्त लगानी रहेको छ । चलचित्र यही आउँदो साउन ११ गतेबाट प्रदर्शनमा आउँदै छ ।