चलचित्र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार साझ चलचित्र निर्माण टिमले युट्युब मार्फत ट्रेलर सार्वजनिक गरेका हुन् । सार्वजनिक ट्रेलरमा ‘बादी(बदिनी’को कथा र व्यथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा नायिका सन्ध्या केसी बदिनी बनेकी छिन् भने कलाकार विजय बराल बादीको भूमिकामा प्रस्तुत भएका छन् । विजय पेट पाल्न मान्छा मारेर बेच्ने काम गर्छन् भने सन्ध्या शरीर बेच्ने गर्दछिन् । चलचित्रमा एउटा सानो गाउँमा पण्डित्याईको गर्ने पण्डितको भिन्न भिन्न रूपलाई देखाइएको छ । चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् । 
 

अधृत फिल्मस् प्रालीको ब्यानरबाट निर्माण भएको चलचित्रमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काको लगानी रहेको छ । चलचित्रमा सन्ध्या र विजयको अलावा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रमा कथा, पटकथा र संवाद महेश दवाडीको रहेको छ भने छायाङ्कन विदुर गिरीले गरेका हुन् । चलचित्र यही साउन ४ गतेबाट प्रदर्शन हुदैँछ ।