आज शुक्रवारबाट एक मात्र नेपाली चलचित्र तिमी हुन्छौँ जहाँ जहाँ प्रदर्शनमा आएको छ । चलचित्रलाई विकास बस्यालले निर्देशन गरेका हुन् भने मदन दवाडी, दाइ चन्द्र दवाडी र हरिप्रसाद अधिकारीको लगानी रहेको छ ।
चलचित्रमा मलिना जोशी,मनिष सुन्दर श्रेष्ठ, स्वरुपपुरुष ढकालको मुख्य भूमिका रहेको छ । रामशरण उप्रेतीको छायाङ्कन रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन, माधव घिमिरेको पटकथा र संवाद र भुपेन्द्र अधिकारी र सालिक दुडलको सम्पादन रहेको छ। सोलो रिलिज पाएको तिमी हुन्छौ जहाँ जहाँलाई मल्टिप्लेसमा भने थोरै सो मात्र पाएको छ। चलचित्रले सिंगल स्किृनमा राम्रो गर्नसक्ने आंकलन गरिएको छ ।