रियल जोडीको कथामा निर्माण भएको चलचित्र ‘बोबी’को ट्रेलर सार्वजनिक भएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्रमा नर्वेको एनआरएन कविता गुरुङ र उमेश थापाको कथालाई मुख्य विषयवस्तु बनाएको छ । दुवै जनाको प्रेम, सङ्घर्ष र सफलताको कथा ‘बोबी’ भित्र छ । उमेश पेसाले इन्जिनियर हुन्, भने कविता होटल म्यानेजर हुन् । चलचित्रमा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।
 

चाम्स इन्टरटेनमेन्ट र लन्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘बोबी’मा सञ्चारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाङ्कन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको सङ्गीत रहेको छ । चलचित्र असार २९ मा रिलिज हुँदैछ।