पछिल्लो समयका चर्चित नायक पल शाहकी बहिनी रोशनी शाह पनि अभिनयमा आएकी छिन् । उनी अभिनीत पहिलो म्युजिक भिडियो ‘रेल गाडी’ सार्वजनिक भएको छ । इरोज लामाको स्वरमा रहेको गीतमा सङ्गीत लामाले स्वयम् दिएका छन् । भिडियोमा उनी अनुराग ठकुरीसँग अभिनय गरेकी छन् । यी दुवै नव(कलाकारले यो डान्सिङ्ग भिडियोमा आकर्षक नृत्य गरेका छन् । भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । भिडियोमा अनिक के. मानन्धरको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने कोरियोग्राफी कलाकार अनुरागले नै गरेका छन् । भिडियोमा बाग्लुङ्गको डान्स ग्रूप ‘साइनिङ्ग डान्स ग्रूप’को समेत नृत्य रहेको छ ।