मल्टिस्टारर चलचित्र ’एउटा यस्तो प्रेम कहानी’को छायाङ्कन सकिएको केही समय बित्न नपाउँदै प्रचार प्रसार सुरु गरेको छु । निर्माण पक्षको अनुसार चलचित्र भदौमा रिलिज हुने भनिएता पनि अझै रिलिज डेट घोषणा नगरिएको चलचित्रले अघोषित रूपमा प्रचार प्रसार सुरु गरेको हो । चलचित्रले सुरुवात स्वरूप काठमाडौँमा शुक्रवार एक फेशन सो सम्पन्न गरेको छ । ’स्टार अन दि रेड कार्पेट’ नाम दिइएको शोजमा दु दर्जन बराबर मोडलहरुर्ले याम्पमा उत्रिएका थिए । जहाँ मुख्य आकर्षण बने नेपाली तथा पाकिस्तानी चलचित्रका पुराना स्टार अभिनेता शिव श्रेष्ठ । शिवको आगमनसँगै सिट्ठी र ताली बज्यो, ’शो’ को उद्घाटन पनि भयो ।’प्रोमोशनल इभेन्ट अफ एउटा यस्तो प्रेम कहानी’ सब टाइटलमा सम्पन्न शोज फिस्टेल मुभिजको आयोजनामा सम्पन्न भएको थियो । जहाँ अमितेष कर्णको डिजाइनमा जोर्दोगी बुटिमको तर्फबाट तयार नेपाली संस्कृति झल्काउने, पश्चिमा भेषभुषा, पार्टी कलेक्सनसँगै विश्वकप फुटबल विशेष कलेक्सनमा मोडलहरुर्ले याम्प नापेका थिए ।
अग्र पङ्गतीका कलाकार उपस्थित हुन नसक्दा अभिनेता नरेन खड्का, अभिनेत्री रेखा फागो, विष्णु चेमजोङ र बाल कलाकार संवेग दर्शनधारीले को चलचित्रतर्फबाट प्रस्तुति दिँदा गायक विश्व नेपाली, अस्मिता परियार, विष्णु चेमजोङ, प्रज्वल नेपाली, राहुल नेपाली, रुसी नेपालीले उपस्थित दर्शकलाई गायनसँगै नृत्यको माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए ।
चलचित्र ’एउटा यस्तो प्रेम कहानी’लाई दिपेश सापकोटाले निर्देशन गरेका छन् । चलचित्र प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, सञ्जोग कोइराला, शक्ति श्रेष्ठ, नरेन खड्का, कविता मानन्धर, रेखा फागो, सुष्मा कार्की, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुब कोइराला, विष्णु चेमजोङ, लगायतका कलाकारको अभिनय रहेको छ ।
फिस्टेल मुभिज र ट्रि इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको चलचित्रको कथा शिव श्रेष्ठको रहेको छ । चलचित्रको निर्मातामा शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा रआई छन् भने सह निर्मातामा सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा, सुजन गौतम, खुम तामाङ र तारा तुलाधर छन् । सुशन प्रजापतिले चलचित्र खिचेका हुन् ।