यस वर्षको प्रतिक्षित मानिएको चलचित्र नाई नभन्नु ल ५ को पहिलो लुक्स सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रका मुख्य दुई जोडीलाई प्राथमिकता दिँदै पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा स्वस्तिमा खड्काले डेब्यु अभिनेता अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग छ ।

हेर्नुस् यस्तो छ ‘नाइँ नभन्नू ल ५’ पहिलो लुक्स 

चलचित्रका निर्देशक विकास आचार्यका अनुसार चलचित्रको फस्ट लुक चलचित्र भित्रको कथा अनुसार सार्वजनिक गरिएको बताए । भदौ ८ गते रिलिज हुने चलचित्रमा कलाकारको जम्बो टोली छ । चलचित्रमा दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारको अभिनय रहेको छ । चलचित्रलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने चलचित्रको छायाङ्कन पुरुषोत्तम प्रधानले गरेका हुन् । वसन्त सापकोटाको सङ्गीत रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।