रियल जोडी नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठ अभिनीत चलचित्र ‘बाबु कान्छा’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले युट्युबमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरेका हुन् । चलचित्रलाई कलाकार शोभित बस्नेतले निर्देशन गरेका हुन् ।

चलचित्र बाबु कान्छामा पहिलो पटक बुवा शोभित बस्नेतको निर्देशनमा सलोनले काम गरेका हुन् । चलचित्रमा सलोन र करिश्माको साथमा ऋतिक शाही, निर शाह, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ।  यही चलचित्र मार्फत ज्योत्सना महर्जन र अस्लिन ज्ञावाली डेव्यु गर्दै छन्। रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सन्तोष राज भण्डारी र सुरज सह( निर्माताको रूपमा रहेका छन्। चलचित्र आउँदो असार २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।