अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी शाह अभिनीत चलचित्र कायराको पहिलो लुक्स सहितको ट्रेलर सार्वजनिक भएको छ । आइतबार नै राजधानीमा आयोजना भएको एक विशेष कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।

तर प्राविधिक कारणले युट्युबमा भने सोमबारमात्र कायराको ट्रेलर सार्वजनिक गरिएको थियो । म्युजिकल लभ स्टोरीमा बनेको चलचित्रमा आर्यन र साम्राज्ञीबिचको प्रेम, बिछोड र रोमान्सलाई देखाइएको छ । चलचित्रको सम्पूर्ण छायाङ्कन फिलिपिन्समा गरिएको हो । लक्ष्मण रिजालको निर्देशनमा बनेको चलचित्रको ट्रेलरले युट्युबमा भने राम्रो प्रतिक्रिया पाइरहेको छ ।

पहिलो पटक एकसाथ देखिएका आर्यन र साम्राज्ञीको जोडी निकै सुहाए भन्दै धेरैले कमेन्ट गरेका छन् । ट्रेलरलाई ९ घन्टामा एक लाख पचास हजार बढीले हेरिसकेका छन् । चलचित्रलाई लिएर आर्यन पनि निकै उत्साहित रहेको कार्यक्रममा देख्न सकिन्थ्यो । चलचित्र आउँदो साउन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।