नायिका स्वस्तिमा खड्का अब ट्याम्पो ड्राइभर बन्ने भएकी छिन् । सोमबार घोषणा भएको चलचित्र ‘बुलबुल’मा उनी ट्याम्पु चालिकाको भूमिकामा देखिने भएकी हुन् । अवेकन आइजको प्रोडक्सनमा बन्न लागेको चलचित्र ‘बुलबुल’लाई विनोद पौडेलले निर्देशन गर्ने भएका छन् । अस्कर कलेजका प्रिन्सिपलसमेत रहेका पौडेलले यसअघि ‘साँघुरो’को कथा पटकथा लेखेका थिए ।चलचित्रको मुख्य भूमिकामा देखिन लागेकी स्वस्तिमाले टेम्पो चालकको भूमिकामा आफूलाई तयार गराउन प्रशिक्षण लिइरहेकी छिन् । उनले चलचित्र आफ्ना लागि विशेष रहेको भन्दै चलचित्र आफ्नो कारणले मात्र नभई टिमकै कारण राम्रो हुने बताइन् ।

ट्याम्पुचालिका बन्दै स्वस्तिमा, ‘बुलबुल’को पहिलो लुक्स सार्वजनिक 

साउनको पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा कथा तथा पटकथा पनि विनोद पौडेलकै रहेको छ । सुसन प्रजापतिको छायाङ्कन रहने चलचित्रमा स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । कोेशिश क्षेत्री र उदगम परियारको सगीत रहेको चलचित्रमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ ।