पछिल्लो समय सिने नगरीमा अभिनेताहरूले लिने पारिश्रमिकको निकै चर्चा हुने गर्दछ । त्यसमा पनि अनमोल केसी, प्रदीप खड्का , पल शाह, विपिन कार्की लगायतका नायकहरूले बढी पारिश्रमिक लिने गर्दछन् । तर अभिनेत्रीहरूले पारिश्रमिक खासै चर्चामा आउने गर्दैन।

एकसमय चलचित्र कायराको लागी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १० लाख पारिश्रमिक लिएको समाचारले मिडियामा राम्रो स्थान पाएको थियो । यति बेला भने साम्राज्ञीलाई अभिनेत्री नम्रता श्रेष्ठले उछ्निेकी छिन् । उनले हालै छायाङ्कन सुरु भएको चलचित्र प्रसादमा १५ लाख लिएको समाचार बाहिरिएको छ । अभिनयमा अब्बल मानिएकी नम्रता वर्षमा थोरै मात्र चलचित्र गर्छिन् । आफ्नो पात्रको लागी निकै मेहनत गर्ने नम्रता चलचित्र जायरामा एक बक्सिगं खेलाडीको रूपमा प्रस्तुत भएकी छिन् । जसमा उनले आफ्नो कपाल छोटो बनाएर काटेकी छिन् । यता चलचित्र प्रसादमा उनी अभिनेता विपिन कार्कीको अपोजिट देखिन्दै छिन् । प्रसादमा यी दुवै निसन्तान आमाबुवाको भूमिकामा प्रस्तुत हुदैँछन् । यो चलचित्रमा अभिनेता विपिन कार्की र अर्का अभिनेता निश्चल बस्नेतले १७-१७ लाख पारिश्रमिक लिएको बुझिएको छ । चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् भने दिनेश राउतको निर्देशन रहने छ ।