रियल प्रेमजोडी उमेश थापा र कविता गुरुङको प्रेमकथामा आधारित रहेर बनाइएको चलचित्र ‘बोबी’को पोस्टर सार्वजनिक भएको छ । असार २९ गते प्रदर्शन मिति तय गरेको चलचित्रले आफ्नो प्रमोसन सुरु गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरेको हो । चलचित्रमा उमेश र कविताको नै मुख्य भूमिका रहेको छ । मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा यी दुईको प्रेम, रोमान्स, रोदन, सङ्घर्ष,  परिवार, जीवन पोस्टरममा झल्किएका छन् ।

रियल प्रेमजोडीको कथा ‘बोबी’को पोस्टर सार्वजनिक 

चाम्स इन्टरटेनमेन्ट र लन्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘बोबी’मा सञ्चारकर्मी नरेश भट्टराईरगिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाङ्कन, अर्जुन जिसीको सम्पादन र वसन्त सापकोटारताराप्रकाश लिम्बुको सङ्गीत रहेको छ ।

रियल प्रेमजोडीको कथा ‘बोबी’को पोस्टर सार्वजनिक 

चलचित्रमा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।