असार २९ गतेबाट रिलिजहुने फिल्म वीराङ्गनामा अनुप विक्रम शाही र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ । यी दुवै सशस्त्र प्रहरीको भूमिका देखिएका छन् । तर फिल्म भित्र यी दुई विवाह बन्धनमा बाँधिएको फोटो भने फिल्म निर्माण टिमले सार्वजनिक गरेका थिएनन् । हालै फिल्मका निर्माण टिमले नायक अनुप विक्रम शाही सुटिङमै व्यस्त भएको र फिल्मको प्रमोसनमा साथ नदिएको भन्दै प्रचारलाई सहयोग हुने गरी फिल्म भित्रको मुख्य सिनको केही फोटो सार्वजनिक गरिएको छ ।
फिल्मभित्र नायिका शिल्पा पोखरेल र नायक अनुप विक्रम शाही विवाह बन्धनमा बाँधिएकी छिन् । महिला सशस्त्र प्रहरीको विरतामा आधारित फिल्म वीराङ्गना लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको फिल्म हो । महिला सशस्त्र शिल्पासँग अनुपको मिलनपछि विवाहको सिन राखिएको छ । उक्त सिन फिल्मको मुख्य पार्ट भएको बुझिएको छ । 

 

फिल्ममा मुख्य कलाकारहरू शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, सुशील पोखरेल, ध्रुव कोइराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा  लगायतको अभिनय रहेको छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । 
फिल्ममा दीपक शर्मा र पुरुषोत्तम न्यौपानेको सङ्गीत, कविराज गहतराज र  सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाङ्कन रहेको छ । फिल्मलाई काठमाडौँमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।