हास्यकलाकार तथा निर्माता किरण केसीले नयाँ चलचित्रको निर्माण घोषणा गरेका छन् । शत्रु गतेले पाएको सफलतासँगै शुक्रवार किरण केसीले आफ्नो ६० औँ जन्मदिनको अवसरमा चलचित्र घोषणा गरेका हुन् । चलचित्रको नाम ‘दाल भात’ राखिएको छ । चलचित्रलाई किरण केसी सुपुत्र सुदन केसीले निर्देशन गर्नेछन्। चलचित्रको भदौबाट छायाङ्कन सुरु हुने बताइएको छ । बुझिएअनुसार चलचित्रमा महजोडी र दिपाश्री निरौलाको मुख्य भूमिका रहने छ । त्यस्तै बाँकी कलाकार को हुने छ बताइएको छैन । शुक्रवार आयोजना गरिएको जन्मदिन कार्यक्रममा दर्जन बढी कलाकारको उपस्थिति रहेको थियो । 

तस्बिर : कुशल राई