लामो समय देखि नेपाली सिने क्षेत्रमा मेकअप आर्टिस्टको रूपमा चर्चामा रहेकी सीमा गुरुङले लाजिम्पाटमा ‘सीमा द मेकअप स्टुडियो’को सुरुवात गरेकी छिन । शनिवारबाट उक्त मेकअप स्टुडियोको अपौचारिक रूपमा सुरु भएको थियो । अभिनेत्रीहरू संचिता लुइटेल, श्वेता खड्का र ऋचा शर्माले संयुक्त रूपमा रिबन र केक काटेर उद्घाटन गरेका थिए ।
पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजलगायत महत्त्वपूर्ण कार्यक्रममा जाँदा विशेष देखिन शृङ्गार गृहमा तयार भई जाने क्रम बढ्दो छ। यस्ता कार्यक्रममा जाँदा महिला हुन् वा पुरुष विशेष देखिन चाहन्छन्। सौन्दर्यप्रेमी सेलिब्रेटी एवम् सर्वसाधारणको अहिलेको प्राथमिकतालाई ध्यानमा राख्दै चर्चित मेकअप आर्टिस्ट सीमा गुरुङले ‘सीमा द मेकअप स्टुडियो’ सञ्चालनमा लिएर आएकी हुन् । सीमा द मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकाडेमी मार्फत अत्याधुनिक र अन्तर्रा्ष्ट्रियस्तरको महिला पुरुषका लागि ब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअप लगायत सबै खाले सेवा उपलब्ध हुने सीमाले बताएकी छिन।उनी भन्छिन्, ’मेकअप स्टुडियोमा मेकअपसम्बन्धी तालिमको पनि व्यवस्था पनि गरिएको छ ।’ साथै होम सर्भिस मेकअपको समेत व्यवस्था गरेकी छिन ।
उक्त शृङ्गार गृहमा सेलिब्रेटी मेकअप र सुटिङ सम्बन्धी सम्पूर्ण मेकअप पनि गरिने छ। त्यस्तै सेलिब्रेटी तथा सर्वसाधारणले स्टुडियोमा गएर मेकअप गरी सिधै पार्टी र सुटिङमा जान सक्ने सीमा बताउँछिन् ।