नयाँ चलचित्र ‘ल्याङ ल्याङ’को निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी चलचित्रको निर्माण घोषणा गरिउको हो । करण श्रेष्ठ ‘क्रेजी’को निर्देशनमा बन्न लागेको चलचित्रमा नजिर हुसेन, सुस्मिता बुर्लाकोटी, बुद्धि तामाङ, प्रदिप चौधरी, विजय बराल, भोला सापकोटा, कमलमणी नेपाल, राजन खतिवडा, सरिता गिरी, देविराम पराजुली, दमन रुपाखेती लगायतका कलाकारको अभिनय रहने छ । कमेडीको साथै सामाजिक कथामा निर्माण हुन लागेको चलचित्रमा प्रदिपकुमार चौधरीको पटकथा र संवाद, सोम कुस्कुको माझीको कथा रहने छ । चलचित्रका प्रस्तुतकर्ता अमृतमाया श्रेष्ठ हुन् । नेपालसँगै बहराइन र अस्ट्रेलियामा छायाङ्कन हुने चलचित्र भदौको अन्तिम बाट फ्लोरमा जाने निर्माण पक्षले बताएको छ । चलचित्रले एक ट्याक्सी ड्राइभरको कथा बोल्ने छ । चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन, टङ्क बुढाथोकीको सङ्गीत, साहिल खानको सम्पादन रहने छ ।