यही आउँदो असार २९ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोबी’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकार उमेश थापा र कविता गुरुङ फिचरिङ रहेको उक्त गीतको भिडियोमा नर्वेको विभिन्न रमणीय स्थानहरूलाई कैद गरिएको छ । गीतमा ताराप्रकाश लिम्बुको शब्द तथा सङ्गीत रहेको छ  । सार्वजनिक ‘अरे सुन..’ बोलको गीतमा प्रविशा अधिकारी र ताराप्रकाश लिम्बुको स्वररहेको छ । भिडियोलाई नवराज कृष्ण थापाले खिचेका हुन् भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ । 
 

मिलन चाम्सका निर्देशन रहेको चलचित्र ‘बोबी’ रिलय जोडीमा बनेको चलचित्र हो । चलचित्रमा उमेश र कविताको कथा प्रस्तुत गरिएको छ भने उनीहरुनै मुख्य भूमिका देखिएका छन् । चलचित्रकोक कथा सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन् । चलचित्रमा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।चाम्स इन्टरटेनमेन्ट र लन्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘बोबी’मा नवराज कृष्ण थापाको छायाङ्कन, अर्जुन जिसीको सम्पादन र वसन्त सापकोटारताराप्रकाश लिम्बुको सङ्गीत रहेको छ ।