नायक सलोन बस्नेत र नायिका करिष्मा श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बाबु कान्छा’को शीर्ष गीत सार्वजनिक भएको छ । बरिष्ट सङ्गीतकार शम्भुजित बास्कोटाको स्वर रहेको उक्त गीतमा टङ्क बुढाथोकीको शब्द तथा सङ्गीत रहेको छ । ओएसडि भनिएको गीतमा चलचित्रमा सलोनको भूमिका के रहनेछ भन्ने कुरालाई प्रस्तुत गरिएको छ । चलचित्रलाई बरिष्ट कलाकार शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् ।

चलचित्रमा सलोन र करिष्माको साथमा निर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट् सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,विक्रम कंडेल लगायतको अभिनय रहेको छ । सन्तोष राज भण्डारी र सुरज घिमिरे सहनिर्माता रहेको ‘बाबु कान्छा’मा बाबु श्रेष्ठरकृष्ण श्रेष्ठको छायाङ्कन , रामजी लामिछानेरदिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन, टङ्क बुढाथोकीको सङ्गीत छ