आउँदो असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोबी’ यति बेला मोफसल टुरमा छ । आफ्नो प्रचार प्रसारलाई तीव्र बनाऊ निर्माण युनिटले देशको विभिन्न सहरहरूमा कन्सर्ट आयोजना गरेको छ । टुर अन्तर्गत बोबी टिमले पोखरा र चितवनमा पत्रकार सम्मेलन र कन्सर्ट सम्पन्न गरिसकेको छ ।

मोफसल प्रचारमा ‘बोबी’ टिम (फोटो फिचर)

टुरको क्रममा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रका निर्देशन मिलन चाम्सले चलचित्रका मुख्य कलाकार कविता गुरुङ र उमेश थापाको कथा मन परेको कारण आफूलाई चलचित्र बनाउन हौसला मिलेको बताए । चलचित्र बोबी कविता र उमेशमा रियल कथामा बनेको चलचित्र हो । यस चलचित्रमा उनीहरू दुवै मुख्य भूमिकामा देखिएका छन् ।

मोफसल प्रचारमा ‘बोबी’ टिम (फोटो फिचर)

कार्यक्रममा मिलनलाई उनीहरूकै कथा र उनीहरू नै मुख्य पात्रमा देखिएको कारण चलचित्रमा लगानीमा उनीहरूकै रहेको भनेर पत्रकारले प्रश्न गरेका थिए । उक्त प्रश्नमा मिलनले कविता र उमेशबाट कत्ति पनि पैसा नलिएको बताए । चलचित्रमा उमेश र कविताको एउटा गाउँबाट सुरु भएको यात्रा नर्वेसम्म कसरी पुग्यो? त्यस बिचमा भोग्नु परेको दुख कष्टलाई प्रस्तुत गरिएको छ ।

मोफसल प्रचारमा ‘बोबी’ टिम (फोटो फिचर)

यस चलचित्रमा कविता र उमेशको साथै रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई चाम्स इन्टरटेनमेन्ट र लन्डन आई इन्टरटेनमेन्टको ब्यानरबाट निर्माण गरिएको हो । चलचित्रमा नवराज कृष्ण थापाको छायाङ्कन, अर्जुन जिसीको सम्पादन र वसन्त सापकोटा र ताराप्रकाश लिम्बुको सङ्गीत रहेको छ ।