श्रावण २५ गते रिलिज हुने नेपाली चलचित्र ‘कहीँ कतै’का तीन अफिसियल पोस्टर रिलिज भएका छन् । पोस्टरमा नायक दिलीप रायमाझीको साथमा नव–कलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपालाई प्रमुख स्थान दिइएको छ भने एक पोस्टरमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा ’बेबी’ गिरीलाई समेटिएको छ ।

’कहीँ कतै’ अफिसियल पोस्टर सार्वजनिक 

सिवानी र सोनमले यही चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । सिक्किम स्थायी घर भएकी नव(नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।शिव ढकाल र बाबु श्रेष्ठको छायाङ्कन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको सङ्गीत रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायाङ्कन रहेको छ ।

 

’कहीँ कतै’ अफिसियल पोस्टर सार्वजनिक 

शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको ’कहीँ कतै’का पोस्टर टौवा क्रियशनले तयार पारेको हो ।  चलचित्रलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दछन् भने डिजिटल वितरण हाईलाईट्स नेपालले गरेको छ ।
 

’कहीँ कतै’ अफिसियल पोस्टर सार्वजनिक