तीन महिना लगातार छायाङ्कन भएको ऐतिहासिक नेपाली चलचित्र ’नालापानी’ सम्पादनमा पुगेको छ । नेपाली वीरताको गाथा तथा नेपाली सेनाको बहादुरीता विश्वले उच्च मूल्याङ्कन र प्रशंसा गरेको इतिहास बोकेको यो चलचित्र हाल बिजिबी इन्टरनेशनलमा धमाधम सम्पादन भैरहेको छ ।सम्पादनसँगै भिएफएक्सको काम पनि भईरहेको छ । भिएफएक्सको अधिक प्रयोग हुने यस चलचित्रका सम्पूर्ण दृश्य छायांकनमा चलचित्रका सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरेका थिए ।
नालापानीको छायाङ्कन आफुले सोचे जस्तै भएको र यो चलचित्र नेपाली चलचित्र उद्योगमा एक उदाहरणिय बन्ने निर्देशक रिमेश अधिकारीले बताए । ’हरेक नेपालीले गर्व गर्न लायक चलचित्र बन्नेमा म बिश्वःत छु’ अधिकारीले भने, ’नेपाली सेनाले समेत खुलेर चलचित्रलाई सहयोग र्गयो । नभए २०४ बर्ष अघिको इतिहास बनाउन एकदमै कठिन थियो’ । निर्देशक अधिकारीले सफलतापूर्वक छायांकनमा सहयोग गर्ने सहयोगीहरु तथा वीर विभुती भलभद्र कुँवर प्रतिष्ठान, इतिहास विद प्रा.दिनेश राज पन्थ, डा.सुरेन्द्र केसि, डा.त्रिरत्न मानन्धर, डा.प्रेम सिंह बःन्यात, प्रा.डा.धन बहादुर कुँवर, प्रा.रामराजा कुँवर लगायत प्रति आफु कृतज्ञ रहेको बताएका छन् ।नयाँ बर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिईएको यो चलचित्र विभिन्न ऐतिहासिक स्थानहरुमा छायाङ्कन भएको छ । नालापानीमा ऐतिहासिक स्थानहरुको दृश्य आवश्यक रहेकोले जोखिम मोलेरै भएपनि तो स्थानहरुमा छायाङ्कन गरेको निर्माता मनोज शाक्यले बताए ।
‘नालापानी’मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुःमा भट्टराई लगायतका कलाकारहरुको अभिनय रहनेछ ।पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बन्ने यस चलचित्रमा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस चलचित्रलाई रामशरण उप्रेतीले छायाङ्कन गरेका छन् ।