काठमाडौं, २० जेठ । मिस नेपाल २०१७ को ताज निकिता चन्दकले जितेकी छिन् ।

शुक्रबार साँझ दरबारमार्ग्स्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन् ।

राति झन्डै दस बजे मोरङकी २० वर्षीया निकितालाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज पर्हियाइदिइन् । दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।

मिस नेपाल फस्ट रनर अपको उपाधि रोजिना श्रेष्ठले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि निति शाहले जितेकी छिन् । 

मिस कन्फिडेन्ट र पुपुलर चोइसको अवार्ड समेत निकिता चन्दकले नै जितेकी छिन्, त्यसैगरी मिस एथलेट मञ्जरी सिंह, मिस बेस्ट कप्लेक्सन नीति शाह, मिस ब्यूटी विथ पर्पस दृष्टि कट्टवाल र मिस नेपाल एसिया प्यासिफिक इन्टरनेशनल साहारा बस्नेत भएकी छिन् ।

काठमाडौं बाहिर धरान, विराटनगर, चितवन, बुटवल र पोखरामासमेतमा अडिसन गरेर शुक्रबार मिस नेपाल छनोट गरिएको हो ।