चलचित्र ‘कथा काठमाडौँ’को पहिलो पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले पहिलो पोस्टर रिलिजसँगै चलचित्रको प्रदर्शन मिति तय गरेको छ । चलचित्र आउँदो असोज १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । संगीता श्रेष्ठको निर्देशन रहेको चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज, संजोक कोइराला, सन्ध्या केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा तीन फरक प्रेम कथालाई एकसाथ देखाइएको छ । जुन सार्वजनिक भएको पोस्टरबाट अनुमान लगाउन सकिन्छ । चलचित्रमा प्रियंका र प्रमोद, सन्ध्या र संजोग, आयुष्मान र प्रेक्षा अधिकारी जोडीको रूपमा प्रस्तुत भएका छन् ।