यही आउँदो असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबु कान्छा’ले चलचित्र प्रमोसनमा तीव्रता बढाएको छ । हाल चलचित्र युनिट चलचित्रको प्रमोसनको लागी मोफसल यात्रामा निस्किएको छ । शुक्रवार बिहान हेटौँडामा पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी दिएको बाबु कान्छा युनिट यति बेला चितवन पुगेको छ । चलचित्रको बारेमा जानकारी दिन चितवनमा पनि पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

चलचित्र प्रमोसनमा पुगेका चलचित्रका नायक सलोन बस्नेत, नायिका करिष्मा श्रेष्ठले कार्यक्रममा बोल्दै े ‘बाबु कान्छा’ स–परिवार बसेर हेर्न सकिने चलचित्र बनेको बताए । चलचित्रमा आफू लगायत सबै कलाकारले निकै मेहनतको साथ काम गरेकोले ‘बाबु कान्छा’ राम्रो बनेको सलोनको दाबी रहेको छ ।उता चलचित्रकी नायिका करिश्मा श्रेष्ठले चलचित्रमा आफ्नो भूमिका एक सामान्य युवतीको रहेको बताइन । यो चलचित्रलाई शोभित बस्नेतले निर्देशन तथा निर्माण गरेका हुन् । चलचित्रमा सलोन र करिष्माको साथमा सरोज खनाल, निर शाह, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, विक्रम कंडेल लगायतका कलाकारको अभिनय रहेको छ ।