चर्चित कलाकारहरूको जम्बो टोली रहेको चलचित्र ‘नाइँ न भन्नु ल ५’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा सबैभन्दा सफल सिरिजको रूपमा लिइएको ‘नाइँ न भन्नु ल’को यो पाँचौँ श्रृंखलहो । मङ्गलवार राजधानीमा एक विशेष कार्यक्रममा आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।
सार्वजनिक भएको ट्रेलरमा चलचित्रमा भएका अधिकांश कलाकारहरू फिचर छन् । यो चलचित्रलाई विकास राज आचार्यले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा पुराना कलाकारको रूपमा अनुभव रेग्मी र प्रियंका कार्की दोहोरिएका छन् । त्यस्तै यस पटक नाइँ न भन्नु ल ५ मा स्वस्तिमा खड्का, दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी र नव नायक अभिषेक नेपाल, बुद्धि तामाङ लगायतका कलाकारहरू थपिएका छन् । भदौ ८ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको छ। चलचित्रमा हरिवोल भण्डारी र गौरी राज जोशी निर्माताको रूपमा रहेका छन्। चलचित्रकाे कथा सामीप्यराज तिमल्सेना र निर्देशक अाचार्यले मिलेर लेखेका हुन् ।