आँउदो साउन ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पण्डित बाजेको लौरी’को पोस्टर सार्वजनिक भएको छ । बादी समुदायसँगै पण्डित्याईँ गर्नेहरुको बिभिन्न रुपलाई चलचित्र पण्डित बाजेको लौरीमा देखाइएको छ ।

चार पोस्टरमा ‘पण्डित बाजेको लौरी’को कथा 

चलचित्रको केही समयअघि एक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ। चलचित्रको ट्रेलरमा एक बादी समुदायकी बादिनी आफ्नो दैनिकी गुजारा गर्ने शरीर बेच्ने र त्यँहि गाँउका शुद्ध कहलिएका पण्डित्याईँ गर्नेहरुको चरित्रलाई चित्रण गरिएको छ । चलचित्रलाई दिपक ओललिे निर्देशन गरेका हुन् । यसअघि उनले रोल्पा रोग निर्देशन गरेका थिए । अधृत फिल्मस् प्रालीको ब्यानरबाट निर्माण भएको चलचित्रलाई थमनकुमार भण्डारी (राज) र किशोर खड्काले लगानी गरेका हुन् ।

चार पोस्टरमा ‘पण्डित बाजेको लौरी’को कथा 

चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

चार पोस्टरमा ‘पण्डित बाजेको लौरी’को कथा 

 चलचित्रमा कथा, पटकथा र संवाद महेश दवाडीको हो भने छायाँकन बिदुर गिरीको रहेको छ । मित्र डि.गुरुङको सम्पादन रहेको चलचित्रमा विक्रम स्वँर र दीपकमान सिंहको कोरियोग्राफी रहेको छ । चलचित्रमा संगीत श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको रहेको छ । 
 

चार पोस्टरमा ‘पण्डित बाजेको लौरी’को कथा