श्रावण २५ गते रिलिज हुने नेपाली चलचित्र ‘कहीँ कतै’को अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा नवकलाकारद्वय सोनम बरफुङ्गपा र सिवानी गिरीसँगै नायक दिलीप रायमाझी, किशोर खतिवडा, उमा ’बेबी’ गिरी लगायतलाई समेटिएको छ ।ट्रेलरले चलचित्र केही रोमान्टिक त केही वियोगको कथामा रहेको प्रस्ट पारेको छ । नायक रायमाझीका आँखामा आँसु छचल्किएको छ । सोनम र सिवानीको प्रेमकथासँगै पीडा पनि ट्रेलरमा पाईन्छ ।

 

शिव ढकाल र बाबु श्रेष्ठको छायाङ्कन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको सङ्गीत रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायाङ्कन रहेको छ ।सबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दै छन् भने डिजिटल वितरण हाईलाईट्स नेपालले गरेको छ ।