सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण तथा लगानी रहेको चलचित्र ‘अनुराग’को पोस्टर सार्वजनिक भएको छ । यस अघि साउनमा प्रदर्शन मिति तय गरिएको चलचित्रले नयाँ प्रदर्शन मिति सहित पोस्टर सार्वजनिक गरेको हो ।
 

चलचित्र अब असोज १२ गते प्रदर्शन हुने भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डित फिचर छन् । एरिका फिल्म्स् द्वारा निर्मित यस चलचित्रलाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् ।

ऋषि धमला पत्नी एलिजाको ‘अनुराज’ पोस्टर सार्वजनिक 

चलचित्रमा एलिजा र समुन्द्रको साथमा , ठिलेंन लामा , सरोज खनाल , रुपा राना , राजाराम पौडेल , शिशिर राना मोहन निरौला विश्व बस्नेत, कमल कान्त मैनाली, विद्या भट्टराई , दावा लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

ऋषि धमला पत्नी एलिजाको ‘अनुराज’ पोस्टर सार्वजनिक 

ऋषि राज धमला प्रस्तुतकर्ता रहेको चलचित्रलाई भरत गौतम र गीता भेटवाल निर्माण गरेका हुन् । यस चलचित्रमा राम कुमार केसीको छायाङ्कन, किरण दाहालको कथा रहेको छ। चलचित्रको केही समय अघि दुई गीतहरू सार्वजनिक भइसकेका छन् ।