चलचित्र प्रचारको लागि देश दौडाहामा निस्किएको ’चि मुसी चि’ टिमले पूर्वी नेपालको बिर्तामोड र धरान सहरमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । कन्सर्टमा हजारौँको सङ्ख्यामा दर्शकको उपस्थिति थियो ।
 

देश दौडाहामा ‘चि मुसी चि’, पूर्वमा सुनिल र अलिशाको धमाका 

’डान्स इन्डिया डान्स सिजन ४’बाट वाहवाहि बटुलेका सुनिल क्षेत्री र एमटिभी स्प्लिटभिल्लामा सहभागी अलिशा शर्माको दमदार नृत्यबाट क्रेजी दर्शकहरूलाई नेपाल आइडलकी टप ५ प्रतियोगिता सुजाता पाण्डेले पनि उत्तिकै नचाइन् । नायक सुसान्त कार्कीको नृत्य पनि निकै आकर्षक थियो । ’चि मुसी चि’का चारवटा डान्सिङ्ग गीतमा सुनिल, अलिशा र सुसान्तले भव्य नृत्य प्रस्तुत गरेका थिए । गायिका पाण्डेले चलचित्रको शीर्ष गीत गाउँदा दर्शकले अत्याधिक मनोरञ्जन लिएका थिए ।

देश दौडाहामा ‘चि मुसी चि’, पूर्वमा सुनिल र अलिशाको धमाका 

चलचित्र टिमले देशैभर प्रमोशनल कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले बताए । बिर्तामोड, धरानसँगै हरिबन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाडौँ लगायतका सहरहरूमा चलचित्रले लगातार कन्सर्ट आयोजना गर्ने बताइएको छ ।

 

देश दौडाहामा ‘चि मुसी चि’, पूर्वमा सुनिल र अलिशाको धमाका 

यो चलचित्र श्रावण ११ गते देशैभर रिलिज हुँदैछ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली बाइबा, शसांक बस्याललगायतका कलाकारहरूको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।